FLASH NEWS

खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्रको जुम्ला भ्रमण रद्द


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार १९:३५ मा प्रकाशित १५८५ पाठक संख्या

काठमाडौँ – खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको जुम्ला भ्रमण रद्द भएको छ । आइतबार जुम्लामा हुने नागरिक अभिनन्दन समारोहमा पूर्वराजा शाह जाने कार्यक्रम रहेपनि खराब मौसमका कारण  भ्रमण रद्द भएको हो ।


संवाद सचिवालयका अनुसार नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेपछि पूर्वराजा शाहको अभिनन्दन कार्यक्रम स्थगित भएको छ ।

‘दिनभर नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेकाले बाध्यतावस भ्रमण स्थगित हुन पुगेको छ,’ पूर्वराजा शाहको सचिवालयले भनेको छ।

आफू उपस्थित हुन नसके पनि आफ्नो स्वागतका लागि उत्साहपूर्वक उपस्थित भएका सर्वसाधारण र आयोजकप्रति पूर्वराजा शाहले कृतज्ञता प्रकट गरेका छन्।