आज: | Mon, 04, Dec, 2023
FLASH NEWS

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु


नेपाल आवाज १६ जेष्ठ २०८०, मंगलवार १२:३६ मा प्रकाशित ११५३ पाठक संख्या

मलेखु – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर – २ मासखर्कस्थित जौलाखाईमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन रहेका छन् । सोमबार अपरान्ह कात्तिकेचुली जङ्गलमा छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि छोरालाई उद्दार गर्न जाँदा अप्सरा पनि लडेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

करिब ५० मिटर अग्लो भिरबाट लडेर घाईते भएकी उनलाई ४ घण्टापछी मलेखु टिचिङ अस्पताल ल्याईएको र अस्पताल आइपुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालकको भने घटानास्थलमै मृत्यु भएको हो । ७ महिनाको गर्भवतीसमेत रहेकी अप्सराको शवलाई मलेखु टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

तस्बिर :(मलेखु टिचिङ हस्पिटल)