FLASH NEWS

बालेनले भने- नेताहरूले वर्षभरि धान रोपे ‘भारतको गुलाम’ हुनु पर्दैन


नेपाल आवाज १६ असार २०८०, शनिबार ०७:४६ मा प्रकाशित १९८७ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेताहरूलाई पुन: ‘भारतको गुलाम’ को संज्ञा दिएका छन्।


शुक्रबार राति सामाजिक सञ्जालमार्फत् बालेनले यस्तो बताएका हुन्।

उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने पनि बताएका छन् ।

‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’, बालेनले फेसबुकमा लेखेका छन्।

हिजाे धान दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए । सोही प्रसंगलाई जाेडेर बालेनकाे यस्ताे भनाइ आएकाे हाे।

बालेनले नेतालक्षित कटाक्ष गर्दै आइरहेका छन्।