FLASH NEWS

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै


नेपाल आवाज २३ असार २०८०, शनिबार ०९:५६ मा प्रकाशित ९३७ पाठक संख्या

काठमाडौं – चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।


बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा अपरान्ह ४ बजे बस्नेछ ।

बैठकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।