FLASH NEWS

पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए ७७औँ जन्मदिन


नेपाल आवाज २३ असार २०८०, शनिबार १८:१६ मा प्रकाशित २१७३ पाठक संख्या

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन्। उनले परिवारका सदस्य र आफन्तसँग ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेस रिसोर्टमा ७७ औँ जन्मदिन मनाएका हुन्। उनी बुधबारदेखि लाकुरी भञ्ज्याङमै छन्।


उनले अघिल्ला वर्षहरुमा निर्मल निवासमा जन्मदिन मनाउने गरेका थिए। पूर्वराजा शाहको जन्मोत्सवको अवसरमा निर्मल निवासअगाडि सर्वसाधारणको भीड लाग्ने गरेको थिए।

यसपालि भने उनले लाकुरी भञ्ज्याङ पुगेर परिवारका सदस्यहरुसँग जन्मदिन मनाएका हुन्। असार २३ गते उनको जन्मदिन हो।

जन्मदिनको अवसरमा नागरिक मुल समारोह समितिले निर्मल निवास पुगि सचिवालयमा अभिनन्दन पत्र र पुष्पगुच्छाहरु बुझाएका छन् । समितिका अध्यक्ष केशोरी महतोका अनुसार पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७ बजेर ७ मिनेट जाँदा ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । प्रतिकात्मक श्रीपेच राखेर दीप प्रज्वलन गर्ने तयारी आयोजकहरुले गरेका छन् ।

गणतन्त्रले देशलाई ठिक बाटोमा हिडाएन, व्यवस्था फेरौँ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

आज काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा व्यक्त गरे ।

भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि राप्रपा अघि बढेको बताए ।

लिङ्देनले मुलुकमा संघीयता आए पनि पुरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सृजना गर्न सके राप्रपाको एजेण्डा पूरा हुन सक्ने तर्क गरे ।

अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायित्वको कल्पना गर्न नसकिने जिकिर गरेका छन् ।