FLASH NEWS

सुन तस्करी प्रकरण: विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १६:१७ मा प्रकाशित १८३१ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको करिब एक सय केजी अर्थात एक क्विन्टल बराबरको सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।


चिनियाँ नागरिक लिङ चुवानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। एक क्विन्टल सुन तस्करीमा लिङको भूमिका देखिएको बुझिएको छ ।

राजस्व अनुसन्धान विभाग स्रोतले उनी सुनका मालिक भएको दाबी गरेको छ । यस्तै, यही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

लिङ तिब्बेत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।