आज: | Mon, 04, Dec, 2023
FLASH NEWS

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाको ३५ दिन माग


नेपाल आवाज १५ श्रावण २०८०, सोमबार २२:१९ मा प्रकाशित ७९९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।

बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।