काठमाडौं । प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई पेस गरेका हुन् ।
विधेयक पेस गर्दै मन्त्री जोशीले प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन उक्त ऐन जारी गर्नुपर्ने आवश्यकता औल्याए ।