FLASH NEWS

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार ०७:२६ मा प्रकाशित ११७७ पाठक संख्या

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।


बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ । पुलबाट नदीमा हाम फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।