FLASH NEWS

सफा हिमाल अभियानमा जाने टोलीलाई प्रधानसेनापति शर्माले गरे बिदाइ


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार २२:११ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौँ  – सफा हिमाल अभियानमा जाने टोलीको बिदाइ गरिएको छ। नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाइ गरिएको हो।


प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइ अभियानमा जाने टोलीलाई झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे। टीम लिडर मेजर आदित्य कार्कीलाई प्रधानसेनापति शर्माले नेपालको झण्डा, नेपाली सेनाको झन्डा र सफा हिमाल अभियानको झण्डा हस्तान्तरण गरे।

२०७६ सालमा सुरु गरिएको सफा हिमाल अभियान कोभिडमा भने निरन्तरता पाउन सकेको थिएन। त्यसपछि भने अभियानले पुनः निरन्तरता पाएको हो।

हिमाल सफा अभियान २०२४ का लागि वैशाख २ गते टोली प्रस्थान गर्नेछ भने करिब ५० दिन काम गर्नेछ। अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने छ। अभियानबाट संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ।

सफा हिमाल अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ।