FLASH NEWS

आगलागी हुँदा तीन घर जलेर नष्ट


नेपाल आवाज १८ बैशाख २०८१, मंगलवार ०७:०१ मा प्रकाशित १८०७ पाठक संख्या

बैशाख । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ।


आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन्। थप जानकारीका आउन बाँकी रहेको छ।