FLASH NEWS

जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार १९:०९ मा प्रकाशित ९४९ पाठक संख्या

जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन् ।यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाइएको छ ।


आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए ।विपक्षी दलहरूले यस बिललाई ‘रूसको कानून’ सँग तुलना गरेका छन् किनभने २०१२ मा रूसमा यस्तै विधेयक पेश गरिएको थियो।

सरकारले यो विधेयकमार्फत असहमतिको आवाज दबाउन खोजेको विपक्षी दलहरुको आरोप छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा पनि भनेको छ ।