FLASH NEWS

जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार १६:३८ मा प्रकाशित १६०९ पाठक संख्या

 सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ।


मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।

मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिनेछ। जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ।