FLASH NEWS

केपी ओली भन्छन् – नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् हुँदैन


नेपाल आवाज १० जेष्ठ २०८१, बिहीबार २०:३३ मा प्रकाशित ६५५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् ।


विराटनगरमा बिहीबार साँझ एमालेको मोरङ जिल्ला कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेससँग सम्बन्धित विषय नभएको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नक्कली नागरिकताका विषयमा छलफल गर्दा प्रेस स्वतन्त्रता हनन् भएको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाङ्गो–टिङ्गो खेल खेलेको आरोप लगाए ।