FLASH NEWS

हैजा सङ्क्रमित सङ्ख्या २५ पुग्यो ! ललितपुरका थप दुई जनामा हैजा पुष्टि


नेपाल आवाज १९ श्रावण २०८१, शनिबार ११:४७ मा प्रकाशित ३२४१ पाठक संख्या

काठमाडौँ – ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएको छ। यससँगै देशभर हैजाका संक्रमितको संख्या २५ पुगिसकेको छ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, पछिल्लो २४ घण्टामा ललितपुरका दुई व्यक्तिमा हैजा सङ्क्रमण पुष्टि भएको हो।

ईडीसीडीका अनुसार, काठमाडौँ उपत्यकाका दुई जिल्लामा – काठमाडौँको टोखामा १ जना र ललितपुर जिल्लाका गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानमा १६ जनामा हैजा देखिएको छ।

साथै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।

हैजा प्रायः पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा हुने गर्दछ। यसैले, विशेषज्ञहरूले निर्मलीकरण गरिएको पानी मात्र पिउन सुझाव दिएका छन्।