FLASH NEWS

गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध


नेपाल आवाज १८ भाद्र २०८१, मंगलवार ११:२८ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा  युरोपियन लिग खेल्ने भएकी छन् ।


सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् । क्लबसँग एक वर्षको सम्झौता गरेकी छन् ।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुदै छ । उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन् ।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन् । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत बर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दैछिन् ।