FLASH NEWS

प्रचण्डको बढ्दो छटपटि ! यस्तो छ खास कारण


नेपाल आवाज १२ कार्तिक २०८१, सोमबार १२:५२ मा प्रकाशित ३२८९ पाठक संख्या

पुष्प कमल दाहाल उर्फ ” प्रचण्ड ” को अचम्मैको शैली छ। जतिखेर उनि सत्तामा हुन्छन् त्यतिखेर देशमा सबै ठिक हुन्छ तर जतिखेर उनि सत्ता बाहिर रहन्छन त्यसखेर देशमा प्रतिगमन , भ्रस्टाचार , सरकारको अकर्मण्यता, आन्दोलन , क्रान्ति सबै एकसाथ सुरु हुन्छन्।


कृष्णबहादुर महराका बाउ-छोरा जस्ता गुटलाई लिएर हिँडेका र क्याण्टोनमेण्ट भ्रस्टाचारमा आफ्नै नाम जोडिएका प्रचण्डले एउटा औंला ओलितर्फ तेर्स्याईराख्दा अरु ९ औंला आफूतर्फ फर्कीईरहेको हेक्का नै नराख्दै यतिखेर नयाँ क्रान्ति गर्न अग्रसर भएका देखिन्छन्। उनले धमास दिदैछन् प्रधानमन्त्री ओलीलाई , यहाँसम्म कि ” सडकमा घिसार्नेसम्मको चेतावनी ! ”

जुन बाबुरामले खुलेआम सार्वजनिक कार्यक्रममा प्रचण्डले क्यनटोनमेण्ट भ्रस्टाचार गरेको प्रमाण आफूसंग भएको लगायत प्रचण्डका केहि फट्याई खोलीदीईरहेका छन् अब उनै बाबुराम जसले पछिल्लो अवस्थामा आफ्नो स्थिर चरित्र राजनीतिमा देखाउन सकिरहेका छैनन् र एक हिसाबमा राजनीतिबाट नै विलय भईसकेको पोजिसन बनाएका बाबुरामलाई साथमा लिएर क्रान्ति गर्छु भन्नु प्रचण्डको केटाकेटीपन कि ? प्रचण्ड हरिलठ्ठक भएको प्रमाण ?

समग्रमा आफू सत्तामा टिकिराख्न निर्वाचन सक्किनासाथ एमाले , राप्रपा , रास्वपा लगायत दलहरु मिलाएर आफू प्रधानमन्त्री बन्ने दाउमा सर्वप्रथम प्रचण्डले कांग्रेसलाई पन्छाए। त्यसको केहि महिना पनि नबित्दै आफैं प्रधानमन्त्री बन्न अनेक बखेडा झिक्दै राप्रपालाई र एमालेलाई पन्छाई कांग्रेस र रास्वपासंग मिलि सरकार बनाए। त्यतिखेर उनको बहाना रहेछ , ” म माथि धेरै विदेशी दबाब बढेको छ , कृपया तपाइँहरु सरकार छाडेर गईदिनुस ”

केहि वर्ष टिकेको सरकार भएको बेलामा धरानमा गाई काण्ड मच्चियो , खुलेआम राष्ट्रिय जनावर गाई काटियो। पशुपतिनाथमा नाङ्गो नाच देखाएर विवादित बनेका तत्कालिन पर्यटन मन्त्रि सुदन किराँतीले भयागुतालाई सर्पले जसरि बिस्तारै निल्छ ठिक त्यसैगरी हिन्दु धर्मलाई क्रिस्चियनहरुले निल्नुपर्छ भनेको भिडीयो नै बाहिरियो। देशमा विभिन्न उग्रवादी समूहहरुले जातिय र धार्मिक विखण्डनका उग्र नारा लगाए। यो सबै स्याल कराउनु र कुखुरा हराउनु एकसाथ भएको थियो वा प्रचण्ड सरकारको मिसन त्यतिखेर अर्कै केहि थियो ? भनेर पत्ता लगाउने काम चाहिँ पाठकहरुकै जिम्मा।

सरकार ढल्ने हो कि ? ढल्ने हो कि ? भन्ने हल्ला चल्न थालेपछि राजनैतिक अस्त्र बनाउनका लागि कांग्रेस दलमाथि प्रतिसोध नै साँचे जसरि भुटानी काण्ड थुपारियो जसको जस प्रचण्डले पाए तर यथार्थमा भने त्यो एउटा सत्ताको बार्गेनिङ्ग मात्र थियो र आवरणमा भित्रि खेल लुकाउन गरेको प्रपन्च मात्र थियो जस्तो कि एमसिसि पास हुनेबेलामा प्रचण्ड आफैं सडक आन्दोलन गर्दैथिए र भित्र गएर खुसुक्क एमसिसि पास गरेजस्तै नाटक यतिखेर प्रधानमन्त्री रहँदा पनि गरिछाडे। यसको प्रमाण यो हो कि अहिले नक्कली भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? त्यो सबैलाई जगजाहेर नै छ।

अचम्म छैन ? जुन प्रचण्डले आफ्नो ” प्रचण्डपथ ” लाई नै तिलान्जली दिई कांग्रेससंग गठबन्धन गरेर चुनाब लड्दै आफ्नो साख जोगाए उनी प्रचण्डले कांग्रेसी नेताहरुलाई यहाँसम्म कि आरजु राणा सम्मलाई जेल हाल्न लागेको थिएँ भन्दै दुनियाँ उल्लु बनाउनु त दिउँसै रात पार्नु थिएन र ? किनकि त्यो भन्दा ठूला काण्डका भारि त प्रचण्ड आफैं बोकेर बसेका छन्। उनैका फाईल खोतलिने हो भने अब उनलाई इन्द्रे को बाउ चन्द्रे आए पनि जोगाउन सक्ने अवस्था छैन।

भूराजनीति र प्रचण्डको बोझ ! 

एमसिसि पास हुनेबेलामा जब मोटो आश्वासन प्रचण्डले पाए त्यतिखेर प्रचण्डले भनेका रहेछन् , ” मेरो ज्यान लिने , मलाई हेग पुर्याउनेसम्मको डिजाईन छ।  लौ न मेरो केहि लागेन ” , । त्यसपछि यहि भनाईलाई सत्य मान्दै पार्टीका सबैले प्रचण्डलाई साथ दिएका रहेछन्।  एसपीपी सम्झौता त लुकाईएको मात्र हो हाम्रो सेना समेत अमेरिकासंग फसिसकेको जगजाहेर नै छ।  इण्डीयालाई जलश्रोत , कालापानी , लिपुलेक हुँदै मानसरोबर जाने बाटो बाँडेका नेतृत्वले अमेरिकालाई एमसिसि र एसपिपी मार्फत सेना र सैन्य गतिविधि बाँडीसकेका छन् भने चीनलाई बिआरआई मार्फत चर्को ऋण नेपालमा लगानी गर्न लगाउँदै उताको बोझ पनि बोकिरहेकै छन् र यसैकारण हाम्रा नेताहरुलाई र विशेष गरि प्रचण्डलाई पनि यहि भूराजनीतिले छोएको छ।

जसको बुई चढेर हुन्छ र जसलाई रिझाएर हुन्छ नेपालको राजनीतिमा सत्तामा सधैं स्थापित हुने र राजनीतिको सेन्टरफोर्स बन्ने प्रचण्ड मिसन हाल पनि जारि रहेको कुरा सत्ता बाहिर रहँदाको उनको छटपटिले स्पस्ट गर्छ।

प्रचण्डको छटपटी किन ?

सबैलाई थाहा छ देश आर्थिक हिसाबले टाट पल्टिएको छ। देश र जनता कोही पनि आर्थिक पक्षमा मजबूत छैनन् र यति नै खेर बल्झिएको सहकारी ठगीको मुद्दा जसलाई प्रचण्डले सत्ताको अस्त्र मात्र बनाए तर त्यहि अस्त्रलाई ओली प्रधानमन्त्री बनेपछि ओलीले जसरि त्यो अस्त्रलाई नदीमा सेलाईदिए यसबाट प्रचण्ड आत्तिएका छन्।

यो घटना प्रचण्डको लागि चुनौती र अवसर दुवै बनेर आएको छ। चुनौती यसकारण कि आज सहकारी ठगीको अस्त्र नदीमा सेलाउन हिम्मत गर्ने ओलीले भोलि क्याण्टोनमेण्ट अस्त्र पनि यसैगरी सेलाईदिए भने के होला ? अनि अवसर यसकारण कि यहि वितृष्णालाई बिद्रोहमा परिणत गर्न सकियो भने कतै फेरी मरिसकेको ” प्रचण्डपथ ” जाग्ने त हैन ? यहि कुराले प्रचण्डको बेचैनी बढाएको हो।

के प्रचण्डको बिद्रोह सफल होला ?

सर्वप्रथम यो कुरा बुझ्नलाई प्रचण्डको घाँटीको गलपासो बुझ्नुपर्ने हुन्छ। भूराजनैतिक टकराबले प्रचण्ड यतिखेर अप्ठेरोमा छन्। टिआरसी मार्फत जनायुध्धका घटना मिलाए पनि फेरी पनि यी कुरा उठ्न नसक्ने कुराको कुनै ग्यारेन्टी छैन। त्यहिँमाथि उनैका साथिले क्यानटोनमेन्टको प्रमाण बोकेर बसेका छन्। प्रचण्ड उनलाई साथ् लिएर हिंड्न र मिलेसम्म माधव , बिप्लव , बाबुराम आदिसंग पार्टि एकता गर्न लालायित देखिन्छन। अर्को प्रयास यतिखेर सहकारी ठगीमा फसेको रास्वपालाई पनि मिलाउनेमा रहेको देखिन्छ र रास्वपा पनि आफ्नो गिरेको साख जोगाउन वा रविलाई बचाउनकै लागि पनि ओली सरकार ढाल्न यतिखेर आवश्यक भएको छ।

यहाँ यस्तै हुन्छ। सबै भ्रस्ट भएको देशमा र सबै चोर – फटाहा भएको देशमा एउटाले अर्कोलाई कारवाही गर्न खोज्ने कम सफल हुन लागेछ भनेपनि सफल हुनसक्दैन। त्यसैले प्रचण्ड कस्सिएर लाग्दा पनि हुने चाहीं आर्थिक संकट तथा अस्तित्व  लडाइको अवस्थाबाट गुज्रिएको देशमा अझै थप क्षति मात्र हो।  यो बाहेक अन्य कुनै नतिजा आउनेछैन। जनविद्रोह वा बिद्रोह होला भनेर नै त भएभरका युवाहरुलाई खाडि र युरोप अमेरिका पठाई देश रेमिट्यान्समुखी बनाई सबैलाई आश्रित बनाईएको देशमा प्रचण्डले चाहेर कुनै आन्दोलन अघि बढ्ने संकेत देखिदैन।

उसोभए के होला त ?

त्यहि हुन्छ ! त्यहि हुन्छ जे शक्तिराष्ट्रहरुले चाहन्छन्। विशेष गरि यतिखेर एक उमेरका विदेशी खेतालाहरु विस्तापित भई नयाँ भर्ति हुने क्रम जारि रहेको हुँदा एउटा विदेशीको खेलले अझै केहि समय यस्तै खेतालाहरुको नियुक्ति र बहिर्गमन गर्दै गर्दै देश विलय मात्र हैन लगभग युक्रेन वा अफगानिस्तान अथवा हैटी र रुवाण्डाको स्थितिमा पुग्ने संकेत देखिन्छ। यसैमा सम्पूर्ण खेल केन्द्रित छ।

ईति श्री …