यो लेख पाठकहरुलाई विशेष गरि आधुनिक नामका महिलाहरुलाई महिनावारीबारे बुझाउनु रहेको छ। अहिले हाम्रो समाजमा महिनावारीको धारणा बदल्नको लागि एनजीओ र विदेशीहरु परिचालित रुपमा रकम खन्याई लागिरहेको हुँदा महिनावारी नबार्दा निम्तिने जोखिमहरूबारे यो लेखमा उल्लेख गरिएको छ।
साथै किन ? महिनावारी बार्नु नपर्ने अभियान चलिरहेको छ ? यो अभियानको पछि को छ ? भन्नेबारे पनि पाठकहरुलाई स्पस्ट बनाइने छ। यो लेख पूरा पढि चित्त बुझे share गरिदिनुहोला।
लेखक : संजिव न्यौपाने
महिनावारी ! हाल यो महिनावारीलाई सामान्य मात्र नभै पुज्य बनाउनको लागि पश्चिमी डलरवादी एनजीओ र डलरे मिडियाहरु मिसन बनाएर लागि परेका छन्।
विदेशी मिसनलाई चिर्न र राष्ट्र असफल हुनबाट रोक्न नेपालआवाज डट कमको जन्म भएको हो। त्यसैले आज महिनावारी बारे बुझौं । महिनावारी नबार्दा यसरि बढ्छ ठूलो रोगको खतरा :
जसरि एनजीओमा चर्चा भईरहेको छ, महिनावारी भनेको शुद्द हुनु हो। संसार जित्नु हो। महिनावारी हुँदा बार्नु भनेको नारीमाथिको दमन हो। त्यहि महिनावारीबाट श्रिस्टि चल्नु हो। आदि इत्यादि। वास्तवमा यहाँ महिनावारीको व्याख्या नै गलत तरिकाले भईरहेको छ।
विज्ञानको व्याख्या अनुसार अंग्रेजीमा महिनावारीबारे यस्तो व्याख्या गर्छ , “During your period, blood and tissue from the lining of your uterus flows out of your vagina. If the egg does not become fertilized, the lining of the uterus (endometrium) is shed during menstruation. If you get your period, it means you didn’t get pregnant during your last cycle. ”
यस्को नेपालीमा व्याख्या हुन्छ , ” रजश्वला हुनु भनेको गर्भ बस्न नसकेर, अण्डा फर्टिलाईज नभएर बिग्रिएको रगत खेर गएको हो ” यहिँबाट स्पस्ट हुन्छ कि रजस्वला हुनुबाट संसार चल्ने हैन बरु रजस्वला रोक्किएपछि संसार चल्ने हो। रजश्वला रोक्किनको लागि पनि पुरुषको विर्य विना महिलाको रजस्वला रोक्किने कुनै सम्भावना छैन। यसको अर्थ त यो भयो कि ? पुरुषको विर्यबाट बरु संसार चल्ने हो। त्यसैले यो व्याख्या नै सर्वप्रथम महिलाहरु उचाल्नको लागि बनाईदिएको कपोलकल्पित व्याख्या थियो।
यो संसारलाई ब्रेनवास गरि फोहोर रगत बगेको हैन भनेर जबर्जस्ति प्रमाणित गर्न खोजिएको हो। अन्यथा गर्भ बस्न नसकेर खेर गएको रगत कसरि सफा हुन्छ ? त्यो रगत सफा हुन्थ्यो भने रजस्वला हुँदा किन त्यो रगत बग्न नदिएर प्याड लगाएको ? किन नुहाएर बग्न दिएको ? त्यति पवित्र चिज त संगालेर राख्नुपर्ने हैन र ? भनेर यहि एनजीओवालीहरुसंग प्रश्न गर्यो भने त्यसको उत्तर नै हुँदैन यिनीहरुसंग। सामान्य रुपमा गर्भ कसरी बस्छ ? समेत ज्ञान नभएको जस्तो केटाकेटी तर्क दिएर रजस्वला हुनु भनेको पवित्र हुनु हो भन्नु गलत देखियो बरु रजस्वला हुनु भनेको फोहोर रगत बग्नु हो भन्नेकुरा बिज्ञान अनुरुप नै प्रमाणित भयो।
आजको लेख पूरै बिज्ञान केन्द्रित हुनेछ। बिज्ञानको अनुसार महिनावारी हुँदा नारीहरुमा विभिन्न समस्याहरु देखिन्छन्।
महिनावारी हुँदा देखिने समस्याहरुमा , ” पेट दुख्ने , रिंगटा लाग्ने , टाउको दुख्ने , पेट फुल्ने , निन्द्रा नलाग्ने , मुड बिग्रने , थकाई लाग्ने , ढाड र कम्मर दुख्ने , समाजमा घुलमिल हुन मन नलाग्ने , कतै निक्लन मन नलाग्ने , अपच हुने , ध्यान नलाग्ने ” आदि इत्यादि हुन्। कतिपयलाई त यतिसम्म पेट दुख्छ र यति रगत बग्छ कि पुरै ४ दिन आराम नै गर्नुपर्ने हुन्छ र औषधि सेवन गर्नुपर्ने हुन्छ ।
हाल यहि असरहरुलाई आधार मानेर प्रत्येक महिना स्पेनमा ५ दिनसम्म महिनावारी विदा लिन मिल्ने नियम ल्याईएको छ र महिलालाई सहज बनाईदिनका लागि यस्तो नियम त बिश्वभरि हुनुपर्ने हो।
माथि चर्चा भए अनुसार स्पेनमा प्रत्येक महिना ५ दिन छुट्टी लिन मिल्ने भएको छ तर नेपाल र भारतमा यो चलन आजभन्दा सयौं वर्षअघिदेखि छ। हरेक दिन घरको काम गरेर दिनरात खटिनुपर्ने महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर महिनाको ५ दिन महिनावारी हुँदा तिमि छुट्टै बेग्लै बस , तिमीले पुजा गर्नु हुँदैन , घरको काम गर्नु हुँदैन र केहि चिज छुनु हुँदैन भनेर अलग्गै राखियो।
यदि समाजले र धर्मले यस्तो नियम नबनाईदिएको हुन्थ्यो भने रजस्वला हुँदा पनि महिलालाई सबै घरको काम गर्नुपर्ने हुन्थ्यो त्यसैले महिलालाई नै सजिलो होस् भनि यो नियम बनेको हो। एकपटक कल्पना गरौँ रजस्वला हुँदा महिलाले सबैतिर छुन मिल्ने र मन्दिर जान , पुजा गर्न मिल्ने भएको भए त्यतिखेर महिलाले त्यस्तो पुरानो समयमा आराम पाउथिन होला ?
महिनावारी बार्दा नारि अधिकार हनन भो भनेर भन्ने कथित नारीवादीले नारीलाई रजस्वला हुँदा ५ दिन आराम दिएको र त्यतिखेर नारीलाई आराममा राखी पुरुषले सारा घरको काम गरेको र नारीलाई बसी बसी खुवाएको विषयलाई किन नकारात्मक प्रचार गरे होला त ? प्रश्न उब्जिदैन ?
यदि नारि अधिकारकै लागि लडेको हो भने त स्पेनमा जसरी नै ५ दिन रजस्वला विदा माग गर्न किन सक्दैनन यी डलरवादी महिलाहरु ? हाम्रै नियम ठिक रहेछ जस्लाई स्पेनले अनुमोदन गर्यो अब विश्वले यहि हाम्रो पूर्वीय दर्शन मान्नुपर्छ भनेर किन भन्न सक्दैनन् डलरवादी महिला ?
धर्मशास्त्रले महिनावारी हुँदा पाठपूजा गर्नहुन्न भनेर भन्छ र त्यतिखेर मन्दिर जान पाईएन वा घरमा भान्छामा, पुजाकोठमा छिर्न पाईएन भन्ने रोईलो सुनिन्छ आजभोलि। एकपटक कल्पना गर्नुहोस , ” तपाइँ पिसाबले भिजेको पेन्टी लगाएर भान्छामा छिर्न सक्नुहुन्छ ? तपाइँ शौचालय गएर हात नधोई आएको व्यक्तिले पकाएको खान सक्नुहुन्छ ? “
अब आफैंलाई प्रश्न गर्नुस , ” यदि माथिका व्यवहार तपाइँलाई असामान्य लाग्छ भने रजस्वला हुँदा बिग्रेको शरीरको खेर गएको रगत बोकेर आउने मान्छेले पकाएको खानेकुरा खानैपर्ने जबर्जस्ति नियम किन ल्याउन खोजिदैछ ? जबकि यो कुरा हाम्रो समाजमा प्रतिवन्धित छ ?
अब यति प्रश्न गरेपछि तपाइँको ब्रेनवास भएको बन्द बिर्कोको ढक्कन खुल्यो ? कि अझै डरलाग्दो तथ्य सुन्नुहुन्छ ? अबको तथ्य पढ्नुहोस
पूर्वीय दर्शनको चलन अनुसार महिनावारी हुँदा निम्न कामहरु गर्न हुँदैन :
१) पुरुषलाई छुने काम
२) खाना बनाउने वा खानेकुरा छुने काम
३) भान्साको सबै काम
४) पुजा गर्ने वा मन्दिर जाने काम
साथै यी काम रजस्वला भएको महिलाहरुले गर्नु नै पर्छ
१) दैनिक स्नान गर्ने काम
२) दैनिक शुद्ध हुने र कपडा फेर्ने काम
३) ५ दिनसम्म आराम गर्ने काम
१) पुरुषलाई छुने काम गर्नाले के हुन्छ ?
महिनावारी हुँदा पुरुषलाई छुन नहुने नियम नमान्दा श्रीमान र श्रीमती महिनावारी समयमा एकैठाउँमा सुत्ने छुट मिल्नजान्छ। बिज्ञानकै रिसर्चले भन्छ , ” sex during your period can be riskier as menstrual blood may cause infection for a male; as with any blood, it can contain pathogens that can be transmitted during sex. It’s also likely that period-related changes to the acidity of the vagina raise the risk of infection, including sexually transmitted infection (STI).2 “
यस्को आशय हो , ” रजस्वला हुँदा यदि पुरुष र महिलाबीच शारीरिक सम्पर्क भएमा यौनजन्य रोगको खतरा रहन्छ। ” यसरि धर्मशास्त्रले पुरुषलाई छुन नहुने भन्दै बनाएको नियमले यो खतरालाई रोक्छ भने जे पनि गर्न हुने भन्ने नियमले पुरुष वा महिलाको ज्यान नै जानसक्ने यौनजन्य रोगहरु लाग्ने गर्छन्।
त्यस्तै , दाजुभाई र दिदिबहिनिबिच नै पनि रजस्वला हुँदा छुवाछुत हुँदा रजस्वला भएको नारीको शरीरमा बगेको रगतका कारण अन्य सबैतिर चाहारेर आएकाहरुले छोईदिँदा infection को खतरा बढ्ने हुँदा नारीलाई अलग राखिएको हो।
खाना बनाउने वा खानेकुरा छुने वा भान्साको काम गर्नाले के हुन्छ ?
महिनावारी हुँदा खाना बनाउने वा खानेकुरा छुने काम गर्न हुँदैन भनेर पूर्वीय दर्शनले भन्छ। माथि नै उल्लेख गरिसकिएको छ कि रजस्वला हुँदा महिलाको शरिरबाट रगत बगिरहेको हुन्छ र तपाईले एक विकारयुक्त रगत बगिरहेको व्यक्तिको हातबाट खानेकुरा खाने कल्पना गर्नु नै सबैभन्दा पहिले उल्टी आउने कुरा हो।
यदि तपाई सफा – सुघ्घरी मान्छे हो भने यस्तो चिजको तपाई बहस त छाड्नुस कल्पना समेत गर्न सक्नुहुन्न। दिसापिसाब शरीरबाट बगिरहेको व्यक्तिले खाना बनाउँदा र उसले छोएको खाँदा जे जे हुन्छ , विकारयुक्त रगत बगेको नारीले छोएको र बनाएको खाँदा त्यहि त्यहि हुन्छ। रजस्वला कसरि विकारयुक्त छ ? भनेर त बिज्ञानकै महिनावारी परिभाषाले प्रमाणित गरिसक्यो।
यसरि रजस्वला हुँदा खाने बनाउने , छोईदिने वा भान्साको काम गर्नाले आफू र परिवार सबैलाई रोगि बनाईदिने काम हुन्छ।
पुजा गर्ने वा मन्दिर जाने काम गर्नाले के हुन्छ ?
हाम्रा मन्दिरहरु प्राण प्रतिष्ठा गरिएका मन्दिरहरु हुन्। घरको पुजा चौकीमा समेत त्यहि प्रकारको उर्जा रहेको हुन्छ। यो पनि त्यस्तै मुर्ख प्रश्न हुनजान्छ।
नम्बर एक कुरा त आस्था नहुनेले रजस्वला हुँदा वा नहुँदा दुवै अवस्थामा मन्दिरमा जाने वा पुजा गर्ने काम नै गर्दैन। दोस्रो कुरा जस्ले रजस्वला हुँदा यी काम गरिरहेका छन् तिनले खालि आफ्ना ढिपी र हठ प्रमाणित गर्नको लागी मात्र यी काम गरेका हुन् जस्को आस्थासँग कुनै सरोकार नै छैन।
जसलाई आस्था छ उसले भगवानमा विश्वास गर्नेले राक्षस , पिचास , भुत र प्रेतमा पनि बिस्वास गर्छ। मान्यता अनुसार इश्वर पुजथालिले खुशी हुन्छन भने तिनै इश्वरका गणहरु चाहिँ रगतले। त्यसैले त मन्दिरमा बलि दिने नियम चल्न थाल्यो। त्यो इश्वरलाई नभई तिनै गणलाई खुशी पार्नको लागि हो।
प्राय मन्दिर जंगल नजिक हुन्छ वा खोला नजिक। त्यहाँका आँखाले नदेख्ने र आजसम्म मानव संसर्गमा नआएका ब्याक्टेरिया र भाईरस पनि रगतको गन्धसंग आकर्षित हुन्छन् जुनकुरा बिज्ञानले प्रमाणित गरेको छ कि खुल्ला रगत निक्कै छिटो दुषित हुन्छ किनकि त्यसमा त्यति छिटो भाईरस र ब्याक्टेरियाहरु संसर्गमा आउने गर्छन।
अब तपाई यस्तो अवस्थामा मन्दिर जानुहुन्छ भने एक त मान्यता अनुसार त्यो रगतमा भुत , प्रेत र पिचासहरुको आँखा पर्यो र बिज्ञान अनुसार नयाँ नयाँ ब्याक्टेरिया र भाइरसहरुका आँखा पर्यो। यी दुवै अवस्थामा तपाई आफू रोगि हुनुभयो र समाजलाई पनि रोग सार्नुभयो।
साथै यी काम रजस्वला भएको महिलाहरुले गर्नु नै पर्छ ,
१) दैनिक स्नान गर्ने काम
दैनिक स्नान गर्नाले रगतबाट हुने संक्रमणको जोखिम घट्यो। आधुनिक र रजस्वला नबार्नेहरुलाई संक्रमणको खतरा बढ्यो। यसरि रजस्वला बार्दा संक्रमणको खतरा घट्यो भने नबार्दा बढ्न पुग्यो।
२) दैनिक शुद्ध हुने र कपडा फेर्ने काम
दैनिक शुद्द कपडा गर्ने र शुद्द हुने काम गर्नुले पनि संक्रमणकै जोखिम घटाउने हो। यसरि रजस्वला बार्दा संक्रमणको खतरा घट्यो र नबार्दा बढ्न गयो।
३) ५ दिनसम्म आराम गर्ने काम
५ दिनसम्म आराम गर्ने कामको सुरुवात स्पेनले गरिसकेको छ जुन हामीले सयौं वर्ष देखि गर्दै आयौं। वास्तवमा यसको बहस त हरेक कार्यालय र महिलाहरु काम गर्ने ठाउँमा उठ्नुपर्छ र महिलालाई हरेक महिना ५ दिन आराम दिनुपर्छ भन्ने नियम विश्वभर लागू हुनुपर्छ। महिला अधिकार कायम हुने पनि यसैगरि हो।
अन्त्यमा ,
वर्षभरि हुने संक्रमण र जोखिम अनि संक्रमणबाट हुनसक्ने क्यान्सरको खतरा रोक्नको लागि ऋषि पंचमीमा वर्षको एकपटक पाप पखाल्ने भन्दै दतिउन स्नान गर्ने चलन चल्यो र ऋषि पंचमि बार्ने चलन चल्यो।
दतिउनको गुण नै हो यसले महिलाको पाठेघरमा हुने क्यान्सर गराउनसक्ने ब्याक्टेरिया र भाईरसलाई खतम बनाउँछ र अहिले चर्चामा रहेको HPV VACCINE भन्दा वर्षको एकपटक दतिउन स्नान निक्कै नै उपयुक्त हुन्छ जसले VACCINE को Side Effect बाट पनि बचाउन मद्दत गर्छ।
दतिउनको गुणबारे रिसर्च गरिएका सबै पेपर पढे थाहा हुन्छ , शरिरको infection हटाउने मात्र नभई पथ्थरी रोग समेत निको गर्ने गुण दतिउनमा हुन्छ।
यसरी हाम्रा धर्मशास्त्रले बताएको महिनावारीको पाप भनेको ,” त्यसले निम्त्याउन सक्ने संक्रमणको खतरा ” हो भने महिनावारीको पाप पखालेको भनेको ” दतिउन स्नान गरि क्यान्सर गराउन सक्ने जोखिम ” नियन्त्रण गरेको हो।
जसले बुझ्दैन यी महान कुराहरु उसले हाम्रा धर्मसंस्कारलाई लत्याई आफू रोगि बन्छ र समाजलाई रोगि बनाउँछ भने जस्ले यी कुराको अनुशरण गर्छ उ सधैं स्वस्थ हुन्छ र जीवनभर क्यान्सर जस्ता रोगको जोखिमबाट आफू पनि टाढा रहन्छ र समाजलाई पनि infection सार्ने काम गर्दैन।
रजश्वलाको पूर्वीय ज्ञान , दर्शन र व्यवहारलाई समाप्त पारि सबै नारीलाई क्यान्सर बोकाउनु , समाजमा संक्रमण फैलाउनु र रोगि बनाउने उद्देश्यले मेडिकल माफियाहरुले एनजीओ र आईएनजीओमा लगानी गरि क्यान्सर गराउने सेनिटरी प्याड र मेस्नुवल कप बिकाउन गरिएको फन्दामा पर्दै हाल उमेर नै नपुगी क्यान्सर बढ्नुको कारण नै रजस्वलाबारे भ्रमलाई बिस्वास गर्नु तर आफ्ना मान्यता नमान्नु रहेको छ।
महिनावारीबारे आउने सबै लगानी नै महिला रोगि बनाउनको लागि मेडिकल माफियाहरु मार्फत एनजीओ र नारि अधिकारका नाममा आउँछ र त्यसैले विश्वभर महिनावारिको हल्ला पिटिन्छ।
किनकि विना फाईदाको लगानी र विना रकम हल्ला कसैले गर्दैन।
अस्तु !!