FLASH NEWS

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ नेतृत्वमा अधिकारी


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १२:४० मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौ, २६ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भएको २०औँ चुनावी साधारणसभाबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४५ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे ।


यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए । महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । महासचिव पदका अर्का उमेदवार राजु घिसिङले २९ मत पाए ।

सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले ५१ मत पाउँदा अर्का उमेदवार गोविन्दराज नेपालले २८ मत पाए ।

तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरथ शर्मा निर्वाचित भए । सर्वाधिक मत पाउने उमेदवार बनेका सुवेदीले ५७ मत पाए । कविराज शर्माले ५४ र अभिनव जोशीले ३९ मत पाए । सदस्य पदका अरु दुई उमेदवार विनय ज्योति सापकोटा र भूपेश उपाध्यायले क्रमशः २८ र ३१ मत पाए । महिला सदस्यमा नमिता दाहाल सर्वसम्मत भइन् ।