FLASH NEWS

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी


नेपाल आवाज ७ जेष्ठ २०८२, मंगलवार १३:३० मा प्रकाशित ३६७ पाठक संख्या

काठमाडौं, ६ जेष्ठ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो ।


महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी हामीले ८९ दिन लामो शिक्षक कर्मचारी बान्दोलन भर्खरै सम्पन्न गरेका छौं । यसैक्रममा लगातार २९ दिनसम्म शिक्षक कर्मचारीको भव्य सहभागितामा सडक आन्दोलन भयो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविविध समिति अन्तर्गत बनेको उपसमितिले पेश गरेको सुझाव तथा प्रतिवेदनले  महासङ्घको हिजोको त्यो आन्दोलन र विगतमा भएका सहमतीको सम्मान गरेको देखिएन। आन्दोलनको मर्म र विगतका सहमती बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ उन्मुख छ ।’

अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायीरकरार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा लगायतका लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमती बमोजिम नराखिएको भन्दै महासंघले आपत्ति जनाएको हो । त्यसैगरी प्रबन्धमा अस्थायी करार र सिकाइ अनुदान शिक्षकलाई छुटाइएको र स्थायी शिक्षकको आवधिक बढुवाको लागि प्रस्तावित अवधि सहमती अनुसार नभएको भने प्रस्तावित अवधिमै पनि शर्तहरु राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको महासंघले जनाएको छ ।

लामोसमय अस्थायी सेवा गरेर स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधिको गणना गर्ने कुरा प्रतिवेदनमा नआएको जिकीर महासंघको रहेको छ । निवृत्तीभरण प्रयोजनका लागि अस्थायी अवधिबाट सेवा थप्ने कुरामा समेत सहमती पालना नगरिएको, शिक्षकको सरुवा आम शिक्षकको भावना विपरीत प्रस्तावित गरिएको, जिल्लामा शिक्षाको एकाइ हटाएर शिक्षक९कर्मचारीको पेसागत सुरक्षा र स्वभिमान माथि प्रहार गरिएको, विभागीय कार्यवाहीको प्रबन्धमा कुनै सुधार नगरिएको जस्ता विषयमा ने।शि। महासंघको आपत्ति रहेको छ ।