काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ । व्यक्ति हत्या प्रकरणमा आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो । जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्कघात भएको हो ।
अहिले अन्तपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको बताइएको छ । उनलाई आज विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो । यसअघि उनले उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेका थिए ।