FLASH NEWS

कांग्रेसले बोलायो असार १५ गते केन्द्रीय समिति बैठक


नेपाल आवाज ३१ जेष्ठ २०८२, शुक्रबार १४:५६ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।


पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन् ।