FLASH NEWS

अहमदावाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो


नेपाल आवाज ३२ जेष्ठ २०८२, शनिबार १३:३६ मा प्रकाशित २३५ पाठक संख्या

काठमाडौं, ३१ जेठ । अहमदावादमा विमान दुर्घटनास्थलबाट आज अर्को एक शव बरामद गरिएको छ । दुर्घटनास्थल बीजे मेडिकल कलेज होस्टेलबाट भग्नावशेष हटाउने क्रममा विमानको पुच्छरमा अड्किएको अवस्थामा शव फेला परेको हो । शवको पोस्टमार्टम गरिएको र शव एयर होस्टेसको हुनसक्ने बताइएको छ ।


हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ । यस बाहेक डीएनए नमुना लिने प्रक्रिया पनि भइरहेको छ । विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ र भग्नावशेष हटाउने काम अझै जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा चालक दल र यात्रुसहित कुल २४२ जना थिए, जसमध्ये एक जना यात्रु बाँचेका थिए । बीजे मेडिकल कलेज होस्टलमा ३४ जनाको मृत्यु थियो ।

अहमदावादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । अहमदावाद विमानस्थल नजिकै मेघनानिगर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । जहाँ विमान दुर्घटनाग्रस्त भएपछि आगो लागेको थियो । दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको थियो ।