काठमाडौं, १ असार । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए ।