काठमाडौं, १ असार । काठमाडौंमा भारी वर्षा भएको छ ।
आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।