काठमाडौं, १ असार । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।
दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राखेका छन् ।