FLASH NEWS

रास्वपा -राप्रपाको विरोधकै बाबजुद बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश


नेपाल आवाज १ असार २०८२, आईतवार १३:३७ मा प्रकाशित २०५ पाठक संख्या

काठमाडौं, १ असार। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।


आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराजुलुस गरिरहेको छ ।

रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरिरहे पनि बजेटबारे छलफल शुरु भएको छ ।