FLASH NEWS

सदनबाट बाहिरिए राप्रपाका सांसद


नेपाल आवाज १ असार २०८२, आईतवार १३:४३ मा प्रकाशित १२६१ पाठक संख्या

काठमाडौं, १ असार। प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसद बाहिरिएका छन् ।


सभामुखले समय दिएपनि रास्वपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् । दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।