FLASH NEWS

संसद बैठकः रास्वपा वेल घेराउमा, राप्रपाद्वारा सदन बहिष्कार


नेपाल आवाज २ असार २०८२, सोमबार १२:५९ मा प्रकाशित ३२५ पाठक संख्या

काठमाडौं, २ असार। रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।


हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन ।

आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।