FLASH NEWS

सभामुख संसदीय मर्यादाविपरीत चले, शान्तिपूर्ण ढङ्गले सदन नचलेसम्म बहिस्कार गरिराख्छौँः लिङ्देन


नेपाल आवाज २ असार २०८२, सोमबार १३:१७ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं, २ असार । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारले बजेटमा भाग लिने वातावरण नै नबनाएको आरोप लगाएको छन् ।


भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखले विरोधमा रहेका दलहरूलाई वार्तामार्फत मिलाउन लाग्नुको सट्टा जबरजस्त अगाडि बढाएको बताए ।

उनले सभामुखले भद्रगोल अवस्थामा सदन चलाएर संसदीय मर्यादा र परम्पराविपरीत गएको बैठक अघि बढाएको आरोप लगाए ।

उनले भने, ‘सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ जबसम्म संसद्मा एउटा थिति बस्दैन, शान्तिपूर्ण ढङ्गले संसद् चल्ने वातावरण नभएसम्म हामी बैठक बहिस्कार गरिराख्छौँ। हामीले सभामुखलाई त्यसबारे जानकारी गराएका छौँ ।’

उनले रास्वपासँग आफूहरू इस्युमा एक ठाउँमा रहेको बताए । उनले थपे, ‘इस्युमा एक ठाउँमा छौँ । आवश्यक परे छलफल गरेर सहकार्य गरेर जान पनि सक्छौँ। अहिले हामी आआफ्नै ढङ्गले जोडिएका छौँ ।’