काठमाडौं, २ असार । काठमाडौंको कलंकीमा रहेको ईडीआईएफवाई विद्यालयको हाताभित्र भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ ।
पोलमा ठोक्किएर विद्यालयकै ईभी भ्यान दुर्घटना हुँदा नौ वर्षीया सर्लाहीकी सोनाक्षी यादववको मृत्यु भएको हो ।
दुर्घटनामा पाँचजना विद्यार्थी, एक शिक्षक र चालक समेत घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।