काठमाडौं, ५ असार । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।
नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।
नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।
जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल र स्कटल्याण्डले भने एक/एक खेल जितेका छन् । नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
