काठमाडौं, ५ असार । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका दुई न्यायधीश न्याय परिषदमा तानिएका छन । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरी समेत परेको थियो ।
न्याय परिषदमा यसअघि नै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र कानून मन्त्री अजय चौरसियाले मानेका थिएनन् ।
यसबीचमा थारुमाथि दुव्र्यवहार समेत भएको थियो । आलमलाई जिउँदै इटा भट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।
तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भयो । उनीहरुविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए । परिषदको विहीवारको बैठकले एक सदस्यीय छानवीन समिति बनाएर उनीहरुलाई कार्यक्षेत्रबाट तानिएको एक सदस्यले बताए ।