FLASH NEWS

इजरायल र इरानबीचको युद्धमा होमियो अमेरिका, तीनवटा परमाणु केन्द्रमा बम बर्सायो


नेपाल आवाज ८ असार २०८२, आईतवार १०:१५ मा प्रकाशित २८९ पाठक संख्या

काठमाडौं, असार ८ । इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका छन् ।


ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजरायललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो ।

इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका सैन्य अधिकृत पनि मारिएको जनाएको छ । अमेरिकाले भने राजधानी तेहरानबाट ९६ किलोमिटर टाढा रहेका आणविक केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।

इरानमा बम प्रहार गर्न अमेरिकाले बी-२ बम वर्षक विमानहरूको सैन्य अखडा प्रसान्त महासागरस्थित टापु गुआममा स्थापना गरेको छ । बी-२ विमानबाट एक पटकमा दुई वटा बम लगेर खसाल्ने क्षमता राख्छ ।

ती बम वर्षकहरू इरानका युरेनियम केन्द्रहरूमा बम बर्साएर गुआम अखडामा फर्किने व्यवस्था मिलाएको समाचारमा उल्लेख छ ।