काठमाडौं, ९ असार। रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्।
बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर अवरोध जनाए पनि सभामुखले कार्यसूची अघि बढाएपछि बैठक छाडेर हिँडेका हुन्।