FLASH NEWS

इरानद्वारा ट्रम्पको युद्धविराम घोषणा अस्वीकारः इजरायलमा क्षेप्यास्त्र प्रहार, ३ जनाको मृत्यु


नेपाल आवाज १० असार २०८२, मंगलवार ११:०९ मा प्रकाशित ३२५ पाठक संख्या

काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेको करिब ५ घण्टापछि इरानले इजरायलमा ८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।


टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार दक्षिणी शहर बेर्शेबाको एक भवनमा मिसाइल प्रहार भएको थियो । यसमा ३ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ ।

यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले घोषणा गरेको युद्धविरामलाई अस्वीकार गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बासले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता भएको छैन यदि इजरायलले इरानीहरूमाथि आक्रमण रोक्यो भने इरानले पनि आक्रमण गर्नेछैन भनेका थिए ।