FLASH NEWS

भिजिट भिसा प्रकरणः बैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन


नेपाल आवाज १० असार २०८२, मंगलवार ११:१८ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौं, १० असार । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।

समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ।

यो समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ ।