FLASH NEWS

धरानको खानेपानी योजनामा वैदेशिक ऋण नलिने हर्क साम्पाङको अडान


नेपाल आवाज १९ असार २०८२, बिहीबार १४:१४ मा प्रकाशित १६०९ पाठक संख्या

धरान, १९ असार । धरान उपमहानगरपालिकाले सप्तकोशीको पानी ल्याउने दीर्घकालीन खानेपानी योजनामा वैदेशिक ऋण प्रयोग नगर्न खानेपानी मन्त्रालयलाई आग्रह गरेको छ।


मेयर हर्कराज सापाङ राईले मन्त्रालयलाई पत्र लेख्दै नेपाल सरकारले विनियोजन गरेको ४ करोड बाहेकको रकम आफ्नै राष्ट्रिय आम्दानीबाट जुटाउनुपर्ने अडान राखेका हुन् ।

धरानले यसअघि नै एसियाली विकास बैंकबाट लिएको ऋण तिर्न बाँकी रहेको स्मरण गराउँदै उनले थप वैदेशिक ऋणले मुलुकलाई आर्थिक भार थप्ने बताएका छन् ।

उनले खानेपानी मन्त्रालयमा यसअघि धेरै पटक ध्यानाकर्षण गराएको भए पनि अब राष्ट्रिय आम्दानीबाट मात्रै योजना अगाडि बढाउन आग्रह गरेका छन्।

यदि आफ्नै स्रोतबाट सम्भव नभए धरानवासी खोला र खोल्सीको पानी पिएर गुजारा चलाउन बाध्य हुने चेतावनी समेत मेयर राईले दिएका छन्।

पत्रमा भनेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफैँ खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु ।’