काठमाडौं, २० असार । सरकारले दश अर्ब ऋण लिन नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पद सम्हाले लगत्तै प्राधिकरण ऋण लिनुपर्ने अवस्थामा रहेको बताउँदै दश अर्ब ऋण लिन लागेको जानकारी दिएका थिए ।
