काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याल नियुक्त भएका छन् ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिफारिस समितिले अर्यालसहित खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । उनीहरूबाट प्रधानमन्त्री ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
