FLASH NEWS

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित


नेपाल आवाज २७ असार २०८२, शुक्रबार १२:१० मा प्रकाशित १७७१ पाठक संख्या

काठमाडौं, २७ असार । साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरेकी छन् ।


उनले १८ औं, ५३ औं र ८३ औं र ८८ औं मिनेटमा गोल गरिन् । सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् । ४ टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसंग खेल्नेछ ।