काठमाडौं, ४ साउन । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
राप्रपाका नेताहरु प्रकाशचन्द्र लोहनी, धवल सम्शेर राणा, हरि बस्नेतलगातका नेताहरुले लिङ्दनको निर्णय खारेजको माग गर्दैै आयोग पुगेका हुन् ।
पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए।
