काठमाडौं, ४, साउन । गए रातिदेखिको वर्षापछि पहिरो जाँदा देशका विभिन्न सडक अवरुद्ध भएका छन्। अहिले ११ वटा सडक पूर्णरूपमा अवरुद्ध अवस्था रहेका प्रहरीले जनाएको छ।
बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक, बैतडीको महाकाली राजमार्ग बाढीपहिरोले पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।
त्यसैगरि काठमाडौँ(नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक र रोल्पाको सहीद राजमार्गमा पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन्।
