काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।
केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै उनले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।
नाउपाका बहुमत केन्द्रीय सिमित सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको सन्दर्भमा कार्यवाहक तोकेर रञ्जिता पन्छिएकी हुन् । बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।
केन्द्रीय समिति बैठक नबोलाए थप निर्यय लिने उनीहरुको चेतावनी रहेको थियो । उनले आफ्ना सबै अधिकार कार्यवाहक अध्यक्ष बास्तोलालाई प्रत्यायोजन गरेकी छन् ।
लामो समय राजतीतिक तथा कास्की जिल्लाकै सफल व्यवसायी बास्तोला राप्रपा नेपालको सह महामन्त्री हुँदै नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष, वरिष्ठ नेताको भूमिकामा रहेको उनी आजको मितिदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । सफल कार्यकालको हाम्रो पनि शुभकाना ।
