FLASH NEWS

दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ


नेपाल आवाज १ माघ २०७९, आईतवार १३:१४ मा प्रकाशित ४९६९ पाठक संख्या

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।