FLASH NEWS

बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा


नेपाल आवाज १ माघ २०७९, आईतवार १८:०३ मा प्रकाशित ३२०५ पाठक संख्या

पोखरा, १ माघ,आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए ।अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।


पोखरा बिमान दुर्घटनामा पुर्व प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त:पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।‘‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु,’ ओलीले भनेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रहसमेत गरेका छन ।आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए । जसमध्य ६४ जनाको शव फेला परेको छ ।