FLASH NEWS

हात्ती आ’क्रमणबाट सुनसरीमा ६५ वर्षीय वृद्धको मृत्यु


नेपाल आवाज ३ माघ २०७९, मंगलवार १९:२२ मा प्रकाशित १५३१ पाठक संख्या

हात्तीको आ’क्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनका एक वृद्धको ज्यान गएको छ । जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र–५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आ’क्रमणबाट उनको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताए । बराह क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आ’तंक मच्चाइरहेको छ । एक महिना अघिमात्र सोही क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो ।