FLASH NEWS

चोरीमा संलग्न रहेको आराेपमा एकजना पक्राउ


नेपाल आवाज ६ माघ २०७९, शुक्रबार १४:२५ मा प्रकाशित २१५५ पाठक संख्या

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आराेपमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।