FLASH NEWS

श्रीमतीलाई कुटपिट गरी ह’त्या गरेको अभियोगमा श्रीमान् पक्राउ


नेपाल आवाज ८ माघ २०७९, आईतवार ०८:१६ मा प्रकाशित १३७५ पाठक संख्या

श्रीमतीलाई कु’टपिट गरी ह’त्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कु’टपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कु’टपिट गरेर ह’त्या गरेका थिए । तत्कालिन समयमा प्रेमले नै श्रीमतीको ह’त्या गरेको अनुसन्धानबाट खुलेको थियो । कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।