FLASH NEWS

सिट बेल्ट नलगाएका बेलायती प्रधानमन्त्रीलाई ५० पाउण्ड जरिवाना


नेपाल आवाज ८ माघ २०७९, आईतवार ०८:२४ मा प्रकाशित १८६७ पाठक संख्या

एजेन्सी, बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।


इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए ।
ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई  ५० पाउण्ड   जरिवाना गरेको हो ।

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।  यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।